अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तालमेलको विपक्षमा गगन थापा, तर पार्टीमा नबोल्ने, बाहिर बाहिर बोल्ने

तालमेलको विपक्षमा गगन थापा, तर पार्टीमा नबोल्ने, बाहिर बाहिर बोल्ने


काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दलहरूबीच अहिले अभ्यासमा रहेको तालमेल संस्कृतिले नेपालको लोकतन्त्रलाई कमजोर बनाउने बताउनुभएको छ ।

याँ वर्षको अवसरमा महामन्त्री थापाले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सम्बोधन गर्दै स्थानीय चुनावको सम्मुखमा स्थानीय मुद्दा र गतिविधिमाथि बहस हुनुपर्नेमा त्यो भन्दा धेरै गठबन्धनको बहस भएकोमा दुःख व्यक्त गर्नुभयो । गगन सार्वजनिक कार्यक्रममा गठबन्धनको विपक्षमा रहे पनि पार्टीमा बोल्न सक्नुभएको छैन ।

‘अहिले हामी स्थानीय चुनावमा होमिएका छौँ । जनता बलियो हुने, राजनीतिक दल कमजोर हुने बेला हो । त्यसैले यो लोकतन्त्रको सबैभन्दा महत्त्वपूर्ण चरण हो,’ उहाँले भन्नुभयो, ‘राजनीतिक व्यवस्थामा दलहरुबीचमा गठबन्धन नै नहुने भन्ने होइन । तर हामीले जुन खालको तालमेलको राजनीतिक संस्कृतितर्फ जादैछौँ, यसले नेपालको लोकतन्त्रको स्वास्थ्यलाई राम्रो गर्दैन । यसले हाम्रो पार्टीलाई मात्रै होइन, कसैलाई पनि राम्रो गर्दैन ।’

थापाले चुनावमा कसले धेरै दलसँग गठबन्धन गर्नेभन्दा बढी विचारको प्रतिस्पर्धा हुनु आवश्यक रहेको बताउनुभयो ।

महामन्त्री थापाले सत्ता गठबन्धनको विरोध गर्ने नेकपा एमाले पनि बाटोमा जो भेटिन्छ, ती सबैसँग गठबन्धन गर्दै अघि बढेको बताउनुभयो ।