काठमाडौं– २०७८ को अन्तिम सन्ध्या । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा थियो एउटा साँस्कृतिक कार्यक्रम।
वर्षान्तमा बुधबार साँझ अध्यक्ष ओली र पत्नी राधिका शाक्यले आयोजना गरेको सो कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल, पोलिटव्यूरो सदस्य सुजिता शाक्य केन्द्रीय सदस्य एवं कलाकारर कोमल वली, कलाकारहरु दिनेश डिसी, बैकुण्ठ महत, राजाराजेन्द्र पोखरेल, लक्ष्मी आचार्यहरु थिए ।
प्रदेश नं १ का विराटनगर र इनरुवामा आयोजना गरिएका दुईवटा कार्यक्रममा सहभागी भएर फर्किनु भएका ओली राती १२.३० सम्म रोमान्टिक मुडमा सहभागी हुनुभयो ।
ओलीले आयोजना गरेको साँस्कृतिक कार्यक्रममा केही विदेशी पाहुना पनि सहभागी थिए । त्यस बाहेक ओलीलाई भेट्न जाने पार्टीका नेता कार्यकर्ता साँगीतिक साँझमा रमाएका थिए ।
कार्यक्रममा लक्ष्मी आचार्यले गाएको डेउडा गीत ‘आइजा सूर्य’बोलको गीत गाउनुभयो । बैकुण्ठ महतको ‘आयो एमाले आयो …’ भने गीतमा ओली पनि छलछमी नाच्नुभयो । ओलीसँगै सहभागी नाचेका थिए ।













प्रतिक्रिया