अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

फिलिपिन्समा समुद्री आँधीपछि बाढीपहिरो : मृत्यु हुनेको संख्या १२३ पुग्यो

फिलिपिन्समा समुद्री आँधीपछि बाढीपहिरो : मृत्यु हुनेको संख्या १२३ पुग्यो


मनिला – फिलिपिन्समा समुद्री आँधीपछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुगेको छ । बाढीपहिरोले धेरै घरहरू पुरिएकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने बताइएको छ । ‘मेगी’ नामको समुद्री आँधीपछि लेटेलगायतका प्रान्तमा भारी वर्षा भएको थियो ।

सन् २०१३ मा सुपर टाइफुन ‘हैयान’ले असर गरेकै क्षेत्रमा यस पटक पनि प्रभावित तुल्याएको हो । पछिल्लो समय मानवीय गतिविधिका कारण तापमान बढ्दै गएको र समुद्री आँधीको स्वरूपमा पनि परिवर्तन देखिएको वैज्ञानिकहरूले जनाएका छन् ।