काठमाडौं – सरकारले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई राष्ट्र गौरव पदक प्रदान गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका नेता खनाललाई उक्त पदक बिहीबार प्रदान गर्नु भएको हो ।
सरकारले असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा गरिएको विभूषण प्रदान गरिएको हो।
संविधान दिवसका अवसरमा सरकारले नौ सय तीनजनालाई मान-पदवी, अलङ्कार र पदकबाट विभूषण गर्ने घोषणा गरेको थियो ।







प्रतिक्रिया