अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालगञ्जमा क्षतिपूर्तिको माग गर्दै प्रदर्शन

नेपालगञ्जमा क्षतिपूर्तिको माग गर्दै प्रदर्शन


नेपालगञ्ज – नेपालगञ्जमा कारको ठक्करबाट तीनजनाको मृत्यु भएपछि दोषीमाथि कारबाहीको माग गर्दै पीडितका आफन्त तथा स्थानीयवासीले प्रदर्शन गरेका छन् ।

उनीहरुले कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिए पनि कारवाही र उचित क्षतिपूर्ति माग्दै टायर बालेर वीपी चोकमा प्रदर्शन गरेका हुन् ।

चैत २७ गते प्रदेश ३-०१-२३ च ८४८१ नम्बरको कारले नेपालगन्जको वीपीचोक नजिक बाटोमा हिडिरहेका तीनजनालाई कारले ठक्कर दिएको थियो ।

ठक्करले ६५ वर्षीया समिना इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ५ वर्षका अलि इद्रिसीको मृत्यु भएको थियो।