अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखरा महानगरमा एमालेलाई मेयर उपमेयर छान्न सकस,आज आन्तरिक मतदान गरिदै

पोखरा महानगरमा एमालेलाई मेयर उपमेयर छान्न सकस,आज आन्तरिक मतदान गरिदै


पोखरा -आसन्न स्थानीय तहको निर्वाचनका लागि पोखरा महानगरको मेयर उपमेयर छनौट एमालेका लागि पेचिलो बनेको छ ।

पार्टी केन्द्रको सर्कुलर अनुसार अस्ती चैत ३० गतेसम्म उम्मेद्वार सिफारिस महानगर कमिटीले गरिसक्नु पर्नेमा सहमती नभएपछि त्यो पर सरेको हो । महानगर कमिटीले आन्तरिक मतदानबाट मेयर र उपमेयरको उम्मेदवार छनौट गर्ने तयारी गरेको छ ।
यसअघि आकांक्षाका रुपमा नाम टिपाएकाहरु बाहेकले समेत मनोनयन गर्न पाउने छन् । सचिवालय बैठकले निर्वाचन मण्डल गठन गरेको छ । एमाले निकट अधिवक्ताहरू कमल अर्याल, जुना गुरुङ, भगवती पहारी र यामबहादुर खत्री सम्मिलित निर्वाचन मण्डल बनाइएको हो । निर्वाचन मण्डलले निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरिसकेको छ भने शुक्रबार बिहान मनोनयनको कार्यक्रम छ । यसअघि मंगलबार आकांक्षीको नाम टिपिए पनि पुनः नयाँ प्रक्रियाबाट मनोनयन गर्न लागिएको हो ।

मेयरमा १२ जनाले आकांक्षा देखाएका थिए भने उपमेयरमा ११ जनाको नाम टिपिएको थियो । मेयरमा प्रदेशसभा सदस्य कृष्णबहादुर थापा र राजीव पहारीसहित वडाध्यक्ष लेखबहादुर तामाङ ९दर्शन लामा०, व्यवसायी पुष्पज्योती ढुंगाना, पुष्पराज अधिकारी, महानगरका पुर्व अध्यक्ष दिपक पौडेल, बालासिंह काउचा मगर, सावित्री भण्डारी, मीनाकुमारी गुरुङ, भीमबहादुर कार्की, रश्मी आचार्य र प्राडा विश्वकल्याण पराजुलीले आकांक्षा देखाएका थिए ।