अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महानगरसहित मधेस प्रदेशका २२ प्रमुख–उपप्रमुख एमालेमा, भन्छन्– ‘एमालेको पक्षमा उर्लिएपछि अरु पार्टीमा बस्नुको के अर्थ ?’

महानगरसहित मधेस प्रदेशका २२ प्रमुख–उपप्रमुख एमालेमा, भन्छन्– ‘एमालेको पक्षमा उर्लिएपछि अरु पार्टीमा बस्नुको के अर्थ ?’


वीरगञ्ज– मधेसका शक्तिशाली २२ जना स्थानीय तहका जनप्रतिनिधि एमालेमा प्रवेश गरेपछि स्थानीय तहको निर्वाचनमा एमालेप्रतिको आकर्षण मतदातासम्म पुगेको छ ।

मधेसबाट पूर्व माओवादीका प्रभावशाली नेताहरु प्रभुु साह, ज्वाला साह लगायत एमालेमा प्रवेश गरेपछि माओवादीबाट विजयी भएका धेरै जनप्रतिनिधि नेताहरु एमालेमा प्रवेश गरेपछि मधेसमा एमालेको माहोल बढेको हो ।

माओवादीबाट मात्र होइन,जनता समाजवादी पार्टीका प्रभावशाली नेता एवं वीरगञ्ज महानगरका मेयर विजय सरावगी एमाले प्रवेश गरेपछि सधैं चौथो स्थानमा रहेको एमाले अब वीरगञ्जको मेयरमा जित सुनिश्चित भएको नेताहरु बताउँछन् । सरावगीका अनुसार मधेसका मतदाताले एमालेप्रतिको धारणालाई सकारात्मक बनाएका छन् । विगतमा मधेसवादी नेताहरुले आफ्नो स्वार्थका लागि अध्यक्ष केपी शर्मा ओली र मधेसप्रति नकारात्मक टिप्पणी गरेकोले मतदाता भड्किएका थिए । तर अहिले त्यो क्रम रोकिएको छ । ‘अब मधेसमा एमालेको पक्षमा जनमत आउँछ,’ सरावगीले यो बेलासँग भन्नुभयो ‘माओवादी, लोकतान्त्रिक समाजवादी, जनता समाजवादी जस्ता मधेसमा आधारित पार्टी छोडेर एमाले रोज्नेहरुको संख्या दैनिक बढिरहेको छ । अहिले त जनता नै एमालेको पक्षमा उर्लिएका छन् ।’

जलेश्वर नगरपालिका उपप्रमुख मनचुन देवी लोकतान्त्रिक समाजवादीबाट एमालेमा प्रवेश गर्नुभएको छ । मधेसमा राजनीतिक दलका नेताहरुले यहाँको विकास र समृद्धि भन्दा निजी स्वार्थलाई बढी महत्व दिएको बताउनुहुन्छ । ‘हाम्रो पालामा मधेसमा भएका केही विकृति र विसंगतीको अन्त्य होस्, मानिसहरुको आर्थिक, सामाजिक विकास होस र पारदर्शिता होस भन्ने चाहन्छा,ैं’ मनचुन भन्नुहुन्छ, ‘त्यसका लागि हामीले केपी ओलीको नेतृत्व रोज्यौं ।’ मधेसका आम मतदाता अहिले एमालेको पक्षमा रहेको मनचुनको भनाइ छ ।

जानअनजानमा अघिल्लो पटकको निर्वाचनमा मधेसका जनता एमाले र केपी ओलीको विपक्षमा थिए । तर समयले सत्यता बाहिर ल्यायो । अहिले मधेसको विकास र समृद्धिमा केपी ओलीको योगदान मानिसहरुले थाहा पाएर एमालेप्रति सकारात्मक भएको एमाले मधेस प्रदेश प्रचार विभाग सदस्य महेश दासले जानकारी दिनुभयो ।

महोत्तरीको सम्सी गाउँपालिकाका अध्यक्ष शेष फारुक माओवादी पार्टी छोडेर एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा हुँदा पार्टीको हैसियत बढेको, जनताले नेकपालाई रोजेकोमा प्रचण्ड लगायतका नेताहरुको स्वार्थका कारण सरकार गिराउने खेल भएको बताउनुहुन्छ । ‘म नेकपाको निरन्तरताका रुपमा एमालेमा प्रवेश गरेको हुँ,’ फारुक भन्नुहुन्छ, ‘मधेसका जनतामा अब धेरै सचेतना आइसकेको छ । माओवादीको आश्वासनको राजनीतिमा यहाँका मतदाता भुल्दैनन् अब ।’केन्द्रीय प्रचार विभागका सदस्य महेश दासका अनुसार निम्न जिल्लाका निम्न स्थानीय तहका प्रमुख र उपप्रमुख अन्यपार्टीबाट एमालेमा प्रवेश गरेका छन् ।

विभिन्न दलबाट एमाले प्रवेश गर्ने जनप्रतिनिधिहरु
पर्सा
प्रमुख- ३ उपप्रमुख- ३
१ वीरगन्ज महानगर पालिका प्रमुख विजय कुमार सरावगी ( जसपा )
२ छिपहरमाई गाँउ पालिका प्रमुख मनोजकुमार गुप्ता ( माओवादी ) ३ जगरनाथपुर गाउँपालिका प्रमुख जालिम मियाँ ( माओवादी) ४ धोवीनी गाँउ पालिका का उपप्रमुख पारसनाथ प्रसाद कुर्मी ( जसपा )
५ सखुवाप्रसौनि गाँउ पालिका का उपप्रमुख फुलमतीकुमारी थरुनी ( जसपा )
६ बहुदरामाई नगर पालिकाका उप प्रमुख गायत्री देवी ( कांग्रेस )

बारा
प्रमुख- १
१ आदर्श कोतवाल गाउँपालिका प्रमुख मुस्तुफा अन्सारी ( जसपा )

रौतहट
प्रमुख- ४ उपप्रमुख- ५
१ इशनाथ नगरपालिका प्रमुख सन्तोष कुमार मेहता (कांग्रेस )
२ कटहरिया नगरपालिका प्रमुख सिताराम प्रसाद कुशवाह ( माओवादी )
३ मौलापुर नगर पालिका प्रमुख रीना कुमारी साह ( माओवादी )
४ राजपुर नगर पालिका प्रमुख मो सकिल अख्तर ( कांग्रेस )
५ देवाही गोनाही नगरपालिका उप प्रमुख परनिया देवी ( माओवादी ) ६ फतुवा विजयपुर नगर पालिका उप प्रमुख कौशिला राउत जयसवाल ( माओवादी )
७ मौलापुर नगरपालिका उप प्रमुख गौरी शंकर प्रसाद ( माओवादी )
८ यमुनामाई गाउँ पालिका उप प्रमुख गीतादेवी साह ( माओवादी )
९ राजदेवी नगरपालिका उप प्रमुख अंशु सिंह ( जसपा )

सर्लाही
प्रमुख १
१ कविलासी नगरपालिका प्रमुख कौशलकिशोर यादव ( लोसपा )

महोत्तरी
प्रमुख १ उप प्रमुख २
१ सम्सी गाउँ पालिका प्रमुख शेष फारुक ( माओवादी )
२ जलेश्वर नगरपालिका उपप्रमुख मनचुन देवी ( लोसपा )
३ पिपरा गाउँपालिका उप प्रमुख विनोदकुमार चौधरी ( लोसपा )

धनुषा
उप प्रमुख २
१ गणेशनाथ चारनाथ नगरपालिका उप प्रमुख मिनाकुमारी यादव ( माओवादी )
२ विदेह नगर पालिका उपप्रमुख निलम कुमारी देवी ( माओवादी )

सिरहा र सप्तरी मा धेरै वडा अध्यक्षहरु प्रवेश गरे पनि पालिका प्रमुख र उप प्रमुख प्रवेश गरेका छैनन् ।