काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेस प्रदेशलाई पनि उत्तिकै महत्त्व दिनुभएको छ ।
सर्लाही, पर्सा, महोत्तरीलगायतका जिल्लामा चुनावी अभियान गर्नुभएका अध्यक्ष ओली शनिबार पनि सर्लाही जाँदै हुनुहुन्छ ।
शनिबार नेकपा एमाले सर्लाही जिल्ला कमिटीले आयोजना गर्न लागेको विशाल पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली सर्लाही जान लाग्नुभएको हो । आसन्न स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै जिल्लाको मलंगवा नगरपालिका २, कवडहल प्रांगणमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरिएको नेकपा एमालेले जनाएको हो ।
कार्यक्रममार्फत अध्यक्ष ओलीले विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउने एमाले सर्लाहीले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।







प्रतिक्रिया