अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना फेरी बढेपछि भारतमा विद्यायल बन्द गर्न थालियो

कोरोना फेरी बढेपछि भारतमा विद्यायल बन्द गर्न थालियो


नयाँदिल्ली- छिमेकी मुलुक भारतमा पछिल्लो दिनहरुमा पुनस् कोरोना संक्रमणदर बढ्दै गएको छ । योसँगै कोरोना महामारीको चौथो लहर सुरु हुन लागेको अनुमान गर्न थालिएको छ ।
भारतका कुल ७३४ जिल्ला मध्ये हाल २९ जिल्लामा कोरोना पोजेटिभ हुनेको दर ५ प्रतिशतभन्दा बढी रहेको छ भने २३ जिल्लामा १० प्रतिशतभन्दा बढी र ८ जिल्लामा २० प्रतिशतभन्दा बढी रहेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार ५ प्रतिशतभन्दा बढीको संक्रमणदरलाई चिन्ताजनक अवस्थाको रुपमा लिने गरिन्छ । भारतमा पछिल्लो दुई दिनमा मात्र १ हजारभन्दा बढी संक्रमित थपिएको स्थानिय सञ्चार माध्यमले जनाएका छन् ।