अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीको बैठकमा प्रचण्डको निराशा– तालमेल सजिलो छैन, एक्लै तयारी गरौं

माओवादीको बैठकमा प्रचण्डको निराशा– तालमेल सजिलो छैन, एक्लै तयारी गरौं


काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय चुनावमा तालमेल सजिलो नभएको बताउनुभएको छ ।

स्थानीय तहको चुनावमा सत्ता गठबन्धन बीचको तालमेल सबैतिर गर्ने कोसिस भए पनि सहज नभएको उहाँको भनाइ थियो । पूर्व स्थायी समिति सदस्य र प्रदेश इन्चार्जहरुहको शुक्रबार बिहान खुमलटारमा बसेको बैठकमा प्रचण्डले गठबन्धनमा रहेका दलहरुले आफ्नो शक्तिलाई अतिरन्जित रुपमा दाबी गरेकाले पनि कुरा मिलाउन अप्ठ्यारो भएको बताउनुभएको थियो ।

प्रचण्डले कांग्रेससँग सकेसम्म ‘बार्गेनिङ’ गर्ने नभए गठबन्धनका अन्य पार्टीहरुसँग मिलेर कांग्रेससँग पनि स्वस्थ प्रतिस्पर्धा गर्ने बताउनुभएको थियो ।

प्रचण्डले तालमेल हुन नसके एक्लै चुनाव लड्ने तयारी गर्न नेताहरुलाई अपिल गर्नुभएको थियो ।