अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले केन्द्रीय कार्यालय तुलसीलाल स्मृति भवनमा वैशाख ९ गतेबाट सञ्चालन हुने

एमाले केन्द्रीय कार्यालय तुलसीलाल स्मृति भवनमा वैशाख ९ गतेबाट सञ्चालन हुने


काठमाडौं – नेकपा एमालेले पार्टी स्थापना दिवस नयाँ पार्टी कार्यालयमा मनाउने भएको छ ।

एमालेले हरेक वर्ष ९ वैशाखमा पार्टी स्थापना दिवस मनाउने गर्दछ । ‘यसपटकको पार्टी स्थापना दिवस नयाँ कार्यालयमा मनाउने तयारी छ’, प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भन्नुभयो । उहाँका अनुसार, अहिले पनि पार्टी कार्यालय सार्ने काम चलिरहेको छ ।

एमालेले केन्द्रीय कार्यालय थापाथलीबाट च्यासलस्थित तुलसीलाल स्मृति भवनमा सार्दैछ । नयाँ कार्यालयमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु र महासचिवको कार्यकक्ष बनिसकेको रिजालले बताउनु भयो ।

गएको वर्ष एमालेको कार्यालय थापाथलीमा सरेको थियो । बल्खुस्थित केन्द्रीय कार्यालय २०७२ को भूकम्पबाट क्षतिग्रस्त भएपछि केही वर्ष एमालेले धुम्बाराहीबाट केन्द्रीय कार्यालय चलाएको थियो ।