नुवाकोट – नेकपा एमालेका नेता ठाकुर गजुरेलले वैशाख ३० को स्थानीय निर्वाचनमा विदुर नगरपालिकामा पाँच दलीय गठबन्धनलाई धुलो चटाउने दाबी गर्नु भएको छ ।
एमालेको बागमती प्रदेश कमिटीका सदस्य र विदुर नगरपालिकामा २०४९ र २०५४ सालमा दुई पटकसम्म एमालेका तर्फबाट विजयी हुनुभएका गजुरेलले अबको निर्वाचनमा पनि विदुरमा एमालेको नेतृत्वको विकल्प नभएको बताउनु भयो ।
नेता गजुरेलले एमालेले जनताको काम गरिरहेको भन्दै विदुरको लालकिल्ला आगामी निर्वाचनमा पनि कामय राख्ने बताउनु भयो । उहाँले संघीय चुनावमा समेत एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सिंहदबारको मुलगेटबाट प्रवेश गराउनका लागि एमालेले नुवाकोटको दुबै संघीय निर्वाचन क्षेत्र र चारवटै प्रदेश क्षेत्रमा शानदार रूपमा विजयी हुने बताउनु भयो ।
आज एमाले नुवाकोटले बृहत् जनसभा र पार्टी प्रवेशको कार्यक्रम गरेको छ । जहाँ एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।







प्रतिक्रिया