अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले एकछिनका लागि प्रतिपक्षमा छ, चुनावपछि फेरी सत्तामा आउँछ  : अध्यक्ष ओली

एमाले एकछिनका लागि प्रतिपक्षमा छ, चुनावपछि फेरी सत्तामा आउँछ  : अध्यक्ष ओली


लमजुङ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई जालझेल र षडयन्त्र गरेर प्रतिपक्षमा पुर्‍याइएको बताउनु भएको छ  ।

लमजुङको घलेगाउँमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले एक छिनका लागि प्रतिपक्षमा भएपनि चुनावपछि फेरि सत्तामा जाने बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले एमाले एक छिनका लागि प्रतिपक्षमा छ, अब एमाले प्रतिपक्षमा बस्ने जमाना होइन। एक छिनका लागि जालझेल गरेर प्रतिपक्षमा पुगेको छ । चुनावपछि फेरी सत्तामा आउँछ ।’

अध्यक्ष ओलीले एमालेले जनताको आकांक्षा बुझेको दाबी गर्दै समृद्धिका लागि आफ्नो पार्टी अग्रसर रहेको बताउनु भयो । उहाँले भन्नुभयो ‘एमालेले जनताको चाहना बुझेको छ । जनताको समृद्धिको चाहना बुझेको छ । त्यसैले समृद्धिका लागि एमाले अग्रसर छ ।’

वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा के गर्नुपर्छ भनेर जनता जानकार रहेको उहाँले बताउनु भयो । ‘अहिले के गर्नुपर्छ जनतालाई थाहै छ, आजकल भोट के मा ? भनेर जनतालाई सोधेर यसो औला लाउँछन्,’ सूर्यतिर औला देखाउँदै अध्यक्ष ओलीले बताउनु भयो ।