काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लमजुङको घलेगाउँ पुगेर रोधीघरमा गाउने इच्छा व्यक्त गर्नु भएको छ।
आज आयोजित कार्यक्रममा अध्यक्ष ओलीले रोधीघर भएको भए रात बस्ने आफ्नो इच्छा रहेको सुनाउनु भयो । ‘देशमा हिंसा फैलिन थालेपछि रोधीघरहरू मासिन थाले होलान् । रोधीघर बस्न गाह्रो भयो होला । रोधीघर थियो भने मलाई पनि भरे यतै बसूँ कि जस्तो पनि लाग्यो,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘सेलाएको भए पनि रोधी तताऊँ–तताऊँ जस्तो लाग्यो । मैले जिन्दगीमा गीत गाएको छैन, तर रोधीघरमा बेलुकी बस्न पाएको भए एउटा गीत चाहिं पक्कै गाउँथे ।’
ओलीले घलेगाउँलाई स्मार्ट भिलेज बनाउका लागि आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनु भयो । बाजागाजाका लागि रु. दुई लाख रुपैयाँ सहयोग गर्ने घोषणा पनि गर्नुभयो ।







प्रतिक्रिया