काठमाडौं – नेकपा एकीकृत समाजवादी दैलेखका सचिव मानबहादुर खड्का एमालेमा प्रवेश गर्नुभएको छ ।
दैलेखको भगवतीमाई ५ निवासी खड्काले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आफू एमालेमा प्रवेश गरेको सार्वजनिक गर्नु भएको हो ।
उहाँ शुक्रबार नै एमाले प्रवेशगरेका छन् । उहाँ एमाले विभाजित हुँदा एकीकृत समाजवादीमा लाग्नु भएको थियो । एकीकृत समाजवादीमा जिल्ला सचिवको जिम्मेवारीमा रहेका उहाँ यसअघि एमाले जिल्ला सदस्य रहिसकेका थिए ।

त्यस्तै २०५४ सालको स्थानीय निकायको निर्वाचनमा कटी गाउँ विकास समितिमा एमालेको तर्फबाट उपाध्यक्ष निर्वाचित हुनु भएको थियो । उहाँले भन्नुभयो, ‘मैले आफूलाई कम्युनिष्ट आन्दोलनको रक्षा, पार्टी एकताको सुदृढीकरण र जनताको पक्षमा आफूलाई समर्पित गर्न नेकपा एमादेमा सामेल भएको हुँ ।’








प्रतिक्रिया