सप्तरी – सप्तरीको बोदेबर्साइन नगरपालिकामा भएको आगलागीमा परी एक जना बालकको जलेर मृत्यु भएको छ भने तीन वटा घर जलेर नष्ट भएको छ ।
नगरपालिकाको वडा नम्बर-१० अमरैया टोलमा शुक्रबार दिउँसो ४ बजे आगलागी भएको हो ।
आगलागीमा परी गोठमा सुतिरहेका स्थानीय शत्रुद्यन यादवका ५ वर्षीय छोरा शैलेश यादवको जलेर ज्यान गएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनु भयो । यादवकै गोठघरमा आगलागी भएको हो ।
आगलागीमा शत्रुधन यादवको गोठ, रघुनन्दन यादवको घर, जागेश्वर यादवको पक्की घरको एउटा झ्याल जल्दा रु १७ लाख बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।







प्रतिक्रिया