अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धन नगर्न भन्दै कांग्रेस कार्यकर्ताद्वारा उदयपुरमा पार्टी कार्यालय घेराउ

गठबन्धन नगर्न भन्दै कांग्रेस कार्यकर्ताद्वारा उदयपुरमा पार्टी कार्यालय घेराउ


उदयपुर – गठबन्धन गर्न नहुने भन्दै उदयपुरमा कांग्रेस कार्यकर्ताहरूले पार्टी कार्यालय घेराउ गरेका छन्।

पार्टी कार्यालय पुगेका कांग्रेस कार्यकर्ताहरूले रुख चिन्हमा नै भोट हाल्न पाउनु पर्ने माग राख्दै पार्टी सभापतिलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

निवर्तमान पार्टी सभापति विदुर बस्नेतको नेतृत्वमा दलबलसहित गठबन्धन विरुद्ध नाराबाजी गर्दै पार्टी कार्यालय पुगेको बस्नेत समूहले संस्थापन पक्षलाई ध्यानाकर्षण गराएको नेपाली काँग्रेस उदयपुरले जनाएको छ ।

केन्द्रीय राजनीतिक हिसाबले शेखर कोइराला पक्षधर मानिने बस्नेत समूहले शुक्रवार सदरमुकाम गाईघाटस्थित पार्टी कार्यालयमा जिल्ला सभापति हिमाल कार्कीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

कांग्रेस पूर्व क्षेत्रीय सभापति वसन्त बस्नेतसहितको गठबन्धन प्रक्रियाबाट असन्तुष्ट टोलीले ३७५ जनाको हस्ताक्षर समेत संकलन गरी पार्टी कार्यालयमा बुझाएका छन् ।

त्रियुगा नगरपालिकामा केन्द्रीय गठबन्धनको निणर्यानुसार नेकपा एकीकृत समाजवादीलाई छाड्नु पर्ने भएकाले त्रियुगा नगरपालिका कुनै पनि अवस्थामा त्रियुगा नगरपालिका छाड्न नहुने काँग्रेस कार्यकर्ताको माग रहेको छ ।

सूर्य चिन्हबाट विजयी बनेका त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी एमालेबाट एकीकृत समाजवादीमा गएपछि एकीकृत समाजवादीले नेतृत्व गरेका पालिकाहरू एकीकृत समाजवादीलाई नै छाड्ने सहमति केन्द्रमा बनेसँगै काँग्रेस कार्यकर्ता आक्रोशित बनेका छन् ।