अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा विदुर खड्का

सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा विदुर खड्का


काठमाडौं- सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक विदुर खड्का चयन हुनुभएको छ ।

 सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्कालाई आज सो जिम्मेवारी दिइएको हो । खड्कालाई आज सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सो जिम्मेवारी दिनुभएको हो । खड्काको मोवाइल नं  मोबाईल नम्बर ९८५१२७२००७ मा सम्पर्क गर्न सकिन्छ । खड्काले सशस्त्र प्रहरी संगठनसँग सम्बन्धित सूचना तथा जानकारी सञ्चार माध्यमलाई उपलब्ध गराइने बताउनुभयो । खड्काले आफू सञ्चार माध्यमसँग समन्वयकारी ढंगले काम गर्ने बताउनुभएको छ ।