विराटनगर- नेकपा एमालेले मोरङको तीनवटा पालिकाका लागि सर्वसम्मत रुपमा प्रमुखको उम्मेदवार सिफारिस गरेको छ ।
रंगेली नगरपालिका, धनपालथान गाउँपालिका र जहदा गाउँपालिकामा सर्वसम्मत प्रमुखको उम्मेदवार छनोट गरेको हो ।
जहदामा उपप्रमुखको उम्मेदवार पनि सर्वसम्मत छनोट भएको नेकपा एमाले मोरङका सचिव रुपेश खतिवडाले जानकारी दिनुभयो ।
खतिवडाका अनुसार रंगेलीमा दिलिपकुमार अग्रवाल बगडिया, धनपालथान गाउँपालिकामा मुसहरी मण्डल र जहदा गाउँपालिकामा जयनाथ गिरी कृष्ण सर्वसम्मत उम्मेदवार छनोट भएका हुन् । जहदाको उपाध्यक्षमा अनिता सोरेनको नाम सिफारिस भएको छ । १५९ वडा मध्ये ५५ वडामा पनि सर्वसम्मत वडा अध्यक्षको उम्मेदवार छनोट भएको छ ।







प्रतिक्रिया