अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पोखराबाट चार दिनदेखि हराएकी नौ वर्षीया बालिका खोंचमा मृत भेटिइन्

पोखराबाट चार दिनदेखि हराएकी नौ वर्षीया बालिका खोंचमा मृत भेटिइन्


पोखरा- विद्यालयबाट घर फर्कदै गर्दा चार दिनदेखि हराएकी नौ वर्षीया एक बालिका शुक्रबार पोखरामा मृत भेटिएकी छिन।

पोखरा महानगरपालिका वडा १४ चाउथेस्थित रामेस्वरी माद्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत नौ वर्षीय बालिका सुशिला ओली मृत भेटिएकी हुन्।

गएको चैत २९ गते बिद्यालयमा संचालित परीक्षा दिएर घर फर्किए पश्चात बालिका दिउँसो करिब साढे तीन बजेदेखि बेपत्ता थिइन्। बालिका बेपत्ता भएपछी खोजी गर्दा गएका उनका आफन्तले आज बालिकालाई करीब १० मिटर तल खोंचमा देखेपछि प्रहरीलाई खबर गरेका थिए।