अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्लाहीमा जसपाबाट विजयी मेयर यादव एमाले प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्नुहुने

सर्लाहीमा जसपाबाट विजयी मेयर यादव एमाले प्रवेश गर्दै, अध्यक्ष ओलीले स्वागत गर्नुहुने


सर्लाही – जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट विजयी कबिलासी नगरपालिकाका प्रमुख कौशलकिशोर यादव अन्ततः नेकपा एमाले प्रवेश गर्ने हुनुभएको छ  ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्लाहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममार्फत मेयर यादवलगायत विभिन्न पार्टीबाट विजयी वडा अध्यक्ष र विगतको निर्वाचनका प्रत्याशी उम्मेदवारहरूलाई स्वागत गर्नुहुने कार्यक्रम रहेको छ ।

“मेयर, वडा अध्यक्षहरू, विगतमा निर्वाचनमा मेयर र गाउँपालिकाका अध्यक्षका प्रत्यासीहरुलाई पार्टी प्रवेश गराउनका लागि अध्यक्षज्यू आज सर्लाही आउँदै हुनुहुन्छ” एमाले केन्द्रीय सदस्य बद्री न्यौपानेले भन्नुभयो, “झन्डै ५ हजार जना आज एमाले प्रवेश गर्ने छन् ।”

उहाँले सर्लाही सदरमुकाम मंलगवामा आयोजना हुने आमसभालाई अध्यक्ष ओली लगायतका एमालेका अन्य शीर्ष नेताहरूले सम्बोधन गर्नुहुने बताउनुभयो। 

उहाँका अनुसार आज हुने पार्टी प्रवेश कार्यक्रममार्फत लालबन्दी नगरपालिका–११ मा माओवादीबाट विजयी वडा अध्यक्ष दीपक लामा, जनता समाजवादी पार्टीबाट पर्सा गाउँपालिका–३ मा विजयी वडा अध्यक्ष भीखारी साहसहित काङ्ग्रेसबाट रामनगर गाउँपालिकाका अध्यक्षका प्रत्याशी पुरुषोत्तम चौधरी, बसवरिया गाउँपालिकामा माओवादीबाट मेयरका प्रत्याशी रामविश्वास रायलगायत विभिन्न पार्टीका जिल्ला स्तरीय दर्जनौँ नेताहरू एमाले प्रवेश गर्ने कार्यक्रम तय गरिएको छ ।