अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुरको प्युटार जङ्गलमा भिषण आगलागी

ललितपुरको प्युटार जङ्गलमा भिषण आगलागी


ललितपुर – दक्षिण ललितपुरको प्युटार जङ्गलमा भीषण आगलागी भएको छ ।

आश्राङ प्रहरी चौकीका सहायक प्रहरी हवलदार  वेदनाथका अनुसार बिहीबार माझ खण्डबाट सल्केको आगो तलतिर सर्दै जाँदा प्युटार, लुकुनी र आश्राङ गाउँका दर्जनौँ घरहरू जोखिममा परेका छन् ।

शुक्रवारदेखि स्थानीय, प्रहरी र वनका कर्मचारीले आगो नियन्त्रणको प्रयास गरे पनि सफल हुन सकेको छैन।

प्रहरी सहायक हवलदार वेदनाथका अनुसार निरन्तर ढुङ्गाहरू झरिरहेकाले आगो निभाउन जानसमेत समस्या छ । उहाँले भन्नुभयो, “रुखका स्याउलाले आगो निभाइरहेका छौँ । चारैतिर आगो र धुवाँको मुस्लो आइरहेकोले हामी अन्योलमा छौँ ।”  निरन्तर हावा चलिरहेकाले आगो नियन्त्रणमा समस्या रहेको उहाँले बताउनुभयो ।

आगो फैलँदा खैरेनी,प्युटार, धनडाँडा र फुर्केडाँडा गाउँमा २५० घरमा वितरण गरिएको खानेपानीको पाइप जलेर नष्ट भएको छ। खानेपानी उपभोक्ता समितिका अध्यक्ष उत्तम बहादुर लामाका अनुसार खानेपानीको पाइपको क्षतिबारे यसै भन्न सकिने अवस्था छैन ।