अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार निर्वाचन पनि सार्न खोज्दै छ : महेश बस्नेत

सरकार निर्वाचन पनि सार्न खोज्दै छ : महेश बस्नेत


चितवन – नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले सत्ता गठबन्धन टुट्ने अवस्थामा रहेको दाबी गर्नु भएको छ ।

भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै बस्नेतले सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेकाले सरकारले स्थानीय तहको चुनाव सार्न खोजेको पनि बताउनु भयो ।

नेता बस्नेत भन्नुभयो, ‘सत्ताधारी गठबन्धन टुट्ने अवस्थामा पुगेको र त्यसकारणले निर्वाचनलाई सार्न खोजेको छ । विप्लवलाई चुनावमा ल्याउन सकिन्छ भन्ने बहानाको षड्यन्त्र गरिरहेका छन् । संवैधानिक परिषद्ले नियुक्त गरेका निर्वाचन आयोग लगायतका नियुक्तिलाई अदालतसँग सेटिङ गरेर हटाएर चुनाव सार्न सकिन्छ की भन्नेतर्फ पनि लागेको देखिन्छ ।’

गठबन्धन जोगिन्छ की जोगिँदैन भन्नेमा सत्ता गठबन्धन दलका नेतामा नै आशंका रहेको नेता बस्नेतले बताउनु भयो । यद्यपि, निर्वाचनको आयोगको तीव्र तयारी र निर्वाचनप्रति जनताको लगाव देखेर सत्ता गठबन्धनले चुनाव सार्न सक्ने अवस्था भने नरहेको उहाँले दाबी गर्नुभयो ।

नेता बस्नेत भन्नुहुन्छ, ‘पाँच दलभित्र पनि गठबन्धनको प्रक्रिया कति जटिल छ भन्ने हामीले महसूस गरेका छौँ । भरतपुरमा गठबन्धन अस्वीकार गर्छौँ भनेर कांग्रेसले खुला भनेको अवस्था छ । कांग्रेसका ठूला नेताहरू पनि गठबन्धन गर्ने या नगर्ने भनिरहेको अवस्था छ ।’