अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तितो लाग्ला, अब राजा फर्कने सम्भावना सकियो : कमल थापा

तितो लाग्ला, अब राजा फर्कने सम्भावना सकियो : कमल थापा


राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अब राजा फर्कने सम्भावना सकिएको बताउनु भएको छ ।

आज सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उहाँले पुराना नेतालाई धैर्यता रहुञ्जेल राजा बोक्न समेत सुझाउनु  भएको छ।

पुरानो पार्टीका नेताहरूसँग कुनै गुनासो नभएको उहाँले उल्लेख गर्नु भएको छ । नयाँ वर्षको अवसरमा शुभकामना दिँदै उहाँले भन्नु भएको छ, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी र सो पार्टीका नेताहरूसँग मेरो गुनासो, वैमनस्यता छैन। तपाईंहरूको धैर्यता रहुञ्जेल राजा बोक्नोस्, मेरो शुभकामना छ। विभिन्न कारणवश मैले राजाको एजेण्डा छोडेँ । तितो लाग्ला, अब राजा फर्कने सम्भावना सकियो।’

पार्टीहरू असफल भएर राजा आउने होइन भन्दै एउटा पार्टी असफल भए अर्को आउने समेत उहाँले बताउनु भयो ।

अध्यक्ष थापा भन्नुहुन्छ, ‘राजा फर्कने अरू नै कारण थिए। राजाले नै त्यो बाटो बन्द गरिदिए। अब असम्भव एजेण्डा बोकेर नयाँ पिँढीलाई भ्रममा पार्नु हुँदैन। असम्भव एजेण्डा बोकेर हिन्दुराष्ट्रलाई बन्धक बनाउन हुँदैन । २/३ प्रतिशत भोटको जगमा राप्रपा ठूलो हुँदैन ।’

अध्यक्ष थापाले पुरानो पार्टी पनि आफैंले बनाएको घरमा आउने बताउनु भयो । उहाँले भन्नुभयो, ‘मलाई थाहा छ, अन्ततः तपाईंहरू मेरै बाटोमा आउनुपर्छ । अहिले गालीगलौज र आरोपहरू खेपेर भए पनि तपाईंहरूको लागि म बलियो घर बनाएर राखिदिने छु । पहिले पनि मैले बनाएकै घरमा तपाईंहरू आएको हो । त्यहाँ अझै केही समय रमाई राख्नोस् । राजाको माया त लाग्छ, त्यसैले राजसंस्थाप्रति मेरो सम्मान सदैव रहिरहने छ।’