अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कैलालीमा पनि फुट्यो गठबन्धन, कांग्रेस, माओवादी छाडेर जसपाको छुट्टै तालमेल

कैलालीमा पनि फुट्यो गठबन्धन, कांग्रेस, माओवादी छाडेर जसपाको छुट्टै तालमेल


कैलाली – कैलालीमा पनि गठबन्धन फुटेको छ । जनता समाजवादी पार्टी (जसपा) ले कैलालीका स्थानीय तहमा सत्ता गठबन्धनसँग चुनावी तालमेल नगर्ने भएको हो ।  

कैलालीमा जसपाले पाँच दलीय गठबन्धन तोडेर लोकतान्त्रिक समाजवादी पार्टी कैलाली, नेपाल लोकतान्त्रिक पार्टी कैलाली र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च कैलालीसँग तालमेल गर्ने निर्णय गरेको हो ।

कैलालीको सदरमुकाम धनगढीमा शनिबार पत्रकार सम्मेलन गरेर चार दलले वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा आपसमा सहकार्य गर्ने जानकारी दिएका हुन्। उनीहरुले वैशाख १ गते बसेको चार दलको बैठकले स्थानीय तहको निर्वाचनमा चुनावी गठबन्धन गर्ने सैद्धान्तिक, वैचारिक र कार्यनीतिक सहमति भएको बताएका छन् ।