अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्तारुढ दलभित्रै पहिरो जान सुरु भएको छ : उपमहासचिव ज्ञवाली

सत्तारुढ दलभित्रै पहिरो जान सुरु भएको छ : उपमहासचिव ज्ञवाली


काठमाडौं – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय चुनावमा सत्तारुढ गठबन्धनका दलहरु एकतावद्ध हुने अवस्था नभएको दाबी गर्नु भएको छ ।

गठबन्धन भित्रभित्रै पहिरो जाने अवस्था भएपछि निर्वाचनबाट पराजित हुने डरले सत्तारुढ दलहरु आफैं अत्तालिएको उपमहासचिव ज्ञवालीले बताउनु भयो ।

नेकपा एमाले चितवन–काठमाडौं सम्पर्क मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरु तलसम्मै एकतावद्ध भएर जाने अवस्था नरहेको बताउनु भयो ।

गठबन्धनका लागि नेपालगञ्जमा जसपाले नमानेको, पर्साका कांग्रेसहरु आफैं असहमत रहेको, रोल्पामा हुँदैन भनेर वक्तव्य आउनेवाला रहेको उल्लेख गर्दै उपमहासचिव ज्ञवालीले यस्तो अवस्थामा सत्तारुढ दलहरुलाई बलियो शक्ति मान्न नसकिने बताउनु भयो ।

उपमहासचिव ज्ञवाली भन्नुहुन्छ, ‘सत्तारुढ पाँच दलीय गठबन्धनले हामीलाई अप्ठयारो पार्छ कि भन्ने खालको जुन मनावैज्ञानिक दवाव सिर्जना गर्न खोजेका छन् । तर त्यो भ्रमबाट मुक्त हुन म सबै कमरेडहरुलाई आग्रह गर्दछु ।’

उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘उनीहरुले जतिसुकै प्रयास गरे पनि गठबन्धन तलसम्म एकतावद्ध गरेर लैजाने अवस्था छैन । यही कारणले उनीहरु अत्तालिएका छन् । यो गठबन्धनलाई तलसम्म एकतावद्ध बनाएर लैजाने अवस्था छैन । गठबन्धनमा पहिरो जान सुरु गरिरहेको अवस्था छ ।’

उपमहासचिव ज्ञवालीले सबै तहको निर्वाचनमा आफ्नो पार्टीले राजनीतिक, नैतिक तथा गणितीय रुपमा पनि जित हासिल गर्ने निश्चित भएको भन्दै सोही अनुसारको तयारीमा जुटन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो ।