अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मधेसका मसिहाहरु लाज पचाएर सरकारमा बसेका छन्: अध्यक्ष ओली

मधेसका मसिहाहरु लाज पचाएर सरकारमा बसेका छन्: अध्यक्ष ओली


सर्लाही – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेसका मसिहा भनिनेहरु लाजै पचाएर सरकारमा बसिरहेको आरोप लगाउनु भएको छ ।

सर्लाही सदरमुकाम मलंगवामा आज आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मधेसका जनताका लागि नागरिकता विधेयक पास नहुँदा पनि सत्ताको लोभमा मधेसवादी दल सरकारमा बसेको आरोप लगाउनु भयो ।

अध्यक्ष ओली भन्नुहुन्छ, ‘मधेसका मसिहाहरुलाई थोरै पनि लाज छैन, नागरिकता विधेयक पास नहुँदा सरकारबाट बाहिरिनु पर्ने हो, तर उनीहरु यसो गर्न सक्दैनन् । उनीहरु जनताका मुद्दाभन्दा सत्तालाई बढी प्राथमिकता राख्छन् ।’

अध्यक्ष ओलीले मधेसका जनताको समस्या बनेको नागरिकतामा एमालेले अध्यादेश ल्याएर समस्या समाधान खोजे पनि काम गर्न नदिएको दाबी गर्नुभयो ।  

आज मधेस होस् कि पहाड, हिमाल होस् कि तराई, पूर्व होस् कि पश्चिम, देशभरिका तमाम जेष्ठ नागरिकहरुलाई जेष्ठ नागरिक भत्ता दिने काम एमालेले गरेको छ।

मधेसवादीहरुले एमालेविरुद्धको प्रचार अभियान चलाइहेको उहाँको भनाइ थियो। उहाँले भन्नुभयो, ‘एमालेको विरोध गर्दा गर्दै मेरो नेतृत्वको सरकार बनेपछि २०७२ सालमा २० वर्षदेखि बन्न नसकेको हुलाकी सडक बनाउने निर्णय गरेको थिएँ। १० अर्ब रुपैँया हुलाकी सडकका लागि छुट्याएको सबैलाई जानकारी गराउन चाहन्छौं ।’

अध्यक्ष ओलीले जनताको समस्या सामाधान गर्ने र विकास गर्ने पार्टी एमाले भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘आज मधेस होस् कि पहाड, हिमाल होस् कि तराई, पूर्व होस् कि पश्चिम, देशभरिका तमाम जेष्ठ नागरिकहरुलाई जेष्ठ नागरिक भत्ता दिने काम एमालेले गरेको छ।’  

अध्यक्ष ‌ओलीले मधेसी जनताको नागरिकताको समस्या सामाधान गर्ने काम पनि एमालेले नै गरेको बताउनु भयो । ओली भन्नुहुन्छ, ‘संसद अवरोध गर्दा पनि अध्यादेश ल्याएर भए पनि मधेसी जनताले भोगिराखेका नागरिकताको समस्या सामाधान गर्न खोज्यौं। अहिलेको गठबन्धनका सरकार र गठबन्धनमा रहेका मधेसका मसिहाहरु अध्यादेश कहाँ गयो भनेर बोल्न सकेको छैन। अलिकति लाज भएको भए उनीहरु अहिले सरकार छोडेर बाहिर हुन्थ्यो। जनताको अधिकार खोसिँदा विरोध गर्नु पर्दैन ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री भएपछि आफ्नै नेतृत्वमा जनकपुरमा रेलको लिक बनेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘रेल किन्ने पार्टी पनि एमाले नै हो। कांग्रेसले लिक बनाउने र रेल किन्न पार्टी त होइन। जसपा त होइन्। मधेसको जनताका लागि रेल सुविधा दिँदा पनि एमालेलाई मधेस विरोधी भनेर भ्रम फैलाउँदै छ ।’