तनहुँ- नेकपा एमालेले तनहुँमा नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहसँग चुनावी तालमेल गर्ने भएको छ ।
शनिबार जोशी निवास दमौलीमा दुवै पक्षका नेताहरुबीच भएको छलफलमा चुनावी तालमेल गर्ने सहमति भएको हो ।
एमाले तनहुँ र जोशी समूहले ८ सदस्यीय चुनाव परिचालन समिति गठन गरेका छन् ।
गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले एमालेसँग प्रत्येक पालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुको साझा उम्मेदवार बनाउने सहमति जानकारी दिनुभयो ।
गत प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएपछि कांग्रेसले जोशीलाई पाँच वर्षका लागि कारवाही गरेको छ ।
पौडेललाई हराउँदै एमाले उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित हुनुभएको थियो । उहाँ हाल माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा हुनुहुन्छ ।







प्रतिक्रिया