अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुरमा भागवण्डा मिलाउने जिम्मा प्रदेशलाई दिने गठबन्धनकाे निर्णय

ललितपुरमा भागवण्डा मिलाउने जिम्मा प्रदेशलाई दिने गठबन्धनकाे निर्णय


ललितपुर- ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र बागमती गाउँपालिकाको प्रमुखको उम्मेदवारी नेपाली कांग्रेसलाई दिने सहमति पाँच दलीय गठबन्धनमा जुटेको छ ।

कांग्रेसका ललितपुर सभापति जितेन्द्र श्रेष्ठका अनुसार महालक्ष्मी र माहाँकालको प्रमुखमा कांग्रेस, माओवादी र समाजवादी तिनै वटा दलको दावी छ । उहाँले भन्नुभयो, ‘ललितपुर महानगर, गोदावरी नगर र बागमती गाउँपालिकामा नेपाली कांग्रेसलाई नै दिने सहमति बनेको छ ।’

निरन्तरको बैठकपछि ललितपुरको ५ दलीय गठबन्धनमा अन्य ठाउँको उम्मेदवारीमा सहमति नजुटेपछि प्रदेशलाई जिम्मा लगाउने भएको छ ।

नेकपा एकीकृत समाजवादीका ललितपुर सहसंयोजक अमृतनाथ तिमल्सिनाका अनुसार शनिबार साँझको बैठकले सहमतिको जिम्मा प्रदेशलाई लगाउने निर्णय गरेको छ । ‘हामी आन्तरिक तयारी गरिरहेका छौं । परिआए एक्लाएक्लै लड्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने ।

उहाँका अनुसार महालक्ष्मी र माहाँकाल गाउँपालिकामा एकीकृत समाजवादीले दावी गरे पनि सहमति भएन ।