अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्याङ्जा दुर्घटनामा ७ जनाको ज्यान गयो ,५ जना गम्भिर

स्याङ्जा दुर्घटनामा ७ जनाको ज्यान गयो ,५ जना गम्भिर


स्याङ्जा -स्याङ्जाको वालिङ नगरपालिका १२ डाँडाखर्कस्थित आइतबार बिहान साढे १० बजे जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु प्रहरीले दाबी गरेको छ । जीपमा सवार १३ मध्ये ६ जना घाइते भएको वडा प्रहरी कार्यालय वालिङका प्रहरी जवान गमबहादुर क्षेत्रीले जानकारी दिनुभयो । दुर्घटनामा परी ५ जनाको मृत्यु भएको घोषणा भइसके पनि २ जनाको भने घोषणा हुन बाँकी रहेको प्रहरी जवान क्षेत्रीले बताउनुभयो ।
२ जनालाई उपचारका लागि पोखरा रिफर गरिएको छ भने थप ४ जनाको वालिङ प्राथमिक स्वास्थ्य चौकी, स्याङ्जामै उपचार भइरहेको छ ।
उनीहरूलाई पनि पोखरा रिफर गर्ने तयारी भइरहेको प्रहरी कार्यालय वालिङका प्रहरी जवान क्षेत्रीले जानकारी दिनुभयो । थप विवरण भने आउन बाँकी छ ।