अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जुम्लामा पनि गठबन्धन नहुने

जुम्लामा पनि गठबन्धन नहुने


सर्खेत – स्थानीय तहको निर्वाचन आउनै लाग्दा गठबन्धन दलहरुको समिकरण एकपछि अर्को ठाउँमा भत्किदै गएको छ ।
आसन्न स्थानीय तहको निर्वाचनमा नयाँ दलका रुपमा रहेको नेकपा एकीकृत समाजवादीले पनि जिल्लामा आफ्नो जनाधार रहेको दाबी गरेको छ । स्थानीय तहको निर्वाचनलाई लिएर दलहरु आन्तरिक लेखाजोखामा छन् । सत्तारुढ गठबन्धनले पनि जिल्लाका स्थानीय तहमा कसरी तालमेल गर्ने भन्नेबारे छलफल गरिरहेका छन् । यद्यपि, माओवादी केन्द्र, काँग्रेस र एकीकृत समाजवादीबीच तालमेलको खाका बन्न सकिरहेको छैन ।
एकीकृत समाजवादीले माओवादी केन्द्र र काँग्रेसले हैसियत भन्दा बढी भाग माग गरेको भन्दै आक्रोश पोखेको छ । कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री एवं नेकपा एकीकृत समाजवादीका जुम्ला सहइञ्चार्ज पदम रोकायाले माओवादी र काँग्रेसले हैसियतभन्दा बढ्ता माग गरेकाले कुरा नमिलेको बताउनुयभो ।
उहाँले भन्नुभयो, ‘भागवण्डाको कुरामा हामीलाई एउटामा मात्र सीमित राख्ने उनीहरुको लक्ष्य छ । हामी त्यो मान्दैनौं, बरु सिङ्गल लड्ने हो ।’ उहाँले एक्लाएक्लै लडेको खण्डमा नेकपा एकीकृत समाजवादीले दुई स्थानीय तह जित्ने दाबी गरे । हामीले काँग्रेस/माओवादीले ३/३ र हामीलाई दुई स्थानीय तह दिनुस् भन्दा उहाँहरुले मान्नुभएको छैन,’ उहाँले भन्नुभयो ।
नेपाली काँग्रेस जुम्लाका नेता एवं पूर्व मन्त्री दीनबन्धु श्रेष्ठले पनि गठबन्धनमा कुरा नमिलेको बताउनुभयो । यता एमाले भने नेमकिपासँग तालमेल गरेर पहिलो पार्टी बन्ने रणनीति बनाएको छ । एमालेका जुम्ला अध्यक्ष शान्तिलाल शर्माले गठबन्धन बने पनि नबने पनि एमालेलाई कुनै असर नपर्ने बताउनुभयो ।