अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दार्चुला र कैलालीमा शव फेला

दार्चुला र कैलालीमा शव फेला


काठमाडौं – दार्चुलामा एक युवकको शव फेला परेको छ।

शैल्यशिखर नगरपालिका ४ काडापारीका १९ वर्षीय जगदीश ठगुन्नाको शव फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार शनिबार शव फेला परेको हो। उनको हत्या भएको हुन सक्ने अनुमान छ। शव पोस्टमार्टमका लागि गोकुलेश्वर अस्पतालमा राखिएको छ।

यस्तै कैलालीमा एक जनाको शव फेला परेको छ।

गोदावरी नगरपालिका ५ गेटामा राजेन्द्रबहादुर पाण्डेको शव फेला परेको हो। उनी गेटामा कोठा भाडामा लिएर बस्दै आएका थिए।

बैतडीको र्सुनाया गाउँपालिका ४ घर भएका उनको मृत्युको कारण खुलेको छैन।

प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले घटनाबारे अनुसन्धान भइरहेको बताउनु भयो ।