अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेगा बैंकको कामु सिइओमा रविना देशराज

मेगा बैंकको कामु सिइओमा रविना देशराज


काठमाडौं- मेगा बैंक नेपाल लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त हुनुभएको छ ।
नायब प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई मेगा बैंक सञ्चालक समितिको २०७८ चैत ३० गते बसेको ३५५औं बैठकले २०७९ बैशाख २ गतेदेखि लागू हुने गरी बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत कामु सिइओमा नियुक्त गरेको हो ।

विगत ३१ बर्षदेखि नेपालको बैंकिङ सेवामा समर्पित श्रेष्ठ मेगा बैंकको स्थापनाकालदेखि नै उच्च व्यवस्थापन तहमा कार्यरत हुनुहुन्थ्यो ।राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रबल जनसेवाश्री चुतर्थबाट विभूषित श्रेष्ठले एसियास्तरीय ‘२१ सेञ्चुरी गोल्डेन फोनिक्स अवार्ड’ लगायत चारवटा अन्तर्राष्ट्रिय अवार्ड तथा बैंकिङ र सामाजिक क्षेत्रका थुप्रै पुरस्कार र सम्मान समेत प्राप्त गर्नुभएको छ ।