अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसको काठमाडौं महानगरमै तालमेलको विपक्षमा

कांग्रेसको काठमाडौं महानगरमै तालमेलको विपक्षमा


प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले काठमाडौं महानगरपालिकामै गठबन्धनका दलहरुसँग चुनावी तालमेलको विपक्षमा उभिएको छ ।

यो निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर जित्ने योजना बनाइरहेको कांग्रेसले माओवादी र एकीकृत समाजवादीसहितका गठबन्धन दलसँग तालमेल गर्न नहुने निर्णय गरेको हो।

आइतवार बसेको कांग्रेस महानगर कार्यसमितिको बैठकले यस्तो निर्णय गरेको हो।

आइतबार विहान बसेको बैठकले कांग्रेस एक्लै प्रतिस्पर्धा गर्न सक्षम रहेको निष्कर्ष निकालेको सचिव सुशन वैद्यले जानकारी दिनु भयो ।

‘सैद्धान्तिक रुपमा तालमेल गर्न नमिल्ने सबैको राय आयो । बोल्ने ३४ जनामध्ये तालमेल गर्नुपर्छ भन्ने मत कसैको थिएन’ वैद्यले भन्नुभयो, ‘प्रमुख पद सहित ३२ वडामा अध्यक्ष जित्ने आधार राख्नुभएको छ ।’

मेयर, उपमेयर र ३२ वटै वडाका अध्यक्ष अन्य दललाई छोड्न नहुने मत बलियो रहेको वैद्यले जानकारी दिनु भयो । ‘महानगर कार्यसमितिको बैठकले तालमेल गर्न हुँदैन भन्ने प्रष्ट म्याण्डेट दिएको छ । सबैजनाले कुनै पनि हालतमा गठबन्धन गर्न हुँदैन भन्नुभएको छ’, वैद्यले भन्नुभयो ।

बैठकले महानगरमा आकांक्षीहरुको नाम सिफारिस गर्ने जिम्मेवारी पदाधिकारीलाई दिएको छ । गत निर्वाचनमा कांग्रेसले काठमाडौं महानगरमा उपमेयर र १४ वडाध्यक्ष जितेको थियो ।