अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ढोरपाटन नगर प्रमुखमा एमालेबाट देव नेपाली सर्वसम्मत

ढोरपाटन नगर प्रमुखमा एमालेबाट देव नेपाली सर्वसम्मत


बागलुङ – बागलुङको ढोरपाटन नगरपालिकाको नगर प्रमुखमा नेकपा एमालेले देव कुमार नेपालीलाई सर्वसम्मत सिफारिस गरेको छ ।

बाहालवाला नगरप्रमुख नेपालीलाई नेकपा एमाले ढोरपाटन नगर कमिटिले आगमी स्थानीय तहको निर्वाचनमा पुन नगर प्रमुखको उम्मेद्वार उठाउने निर्णय गरेको नेकपा एमाले ढोरपाटन नगर कमिटिका सचिव ज्ञान प्रसाद कंडेलले जानकारी दिनुभयो ।

यस्तै नगर उपप्रमुखमा नगर कमिटिले दुईजनाको नाम सिफारिस गर्ने निर्णय गरेको जनाएको छ । नगर उपप्रमुखमा बाहालवाला नगर उपप्रमुख करमती पुन र एमाले जिल्ला कमिटि सदस्य अस्मिता भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको एमाले ढोरपाटन नगर कमिटिले जनाएको छ ।