अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राप्रपा नेपाल महोत्तरीले एमालेसँगको गठबन्धन प्रक्रिया अगाडि बढायो

राप्रपा नेपाल महोत्तरीले एमालेसँगको गठबन्धन प्रक्रिया अगाडि बढायो


महोत्तरी – राप्रपा नेपाल महोत्तरीले नेकपा एमालेसँगको गठबन्धन गर्ने प्रक्रियालाई अगाडि बढाएको छ । राप्रपा नेपालले सूर्य चिह्नमा नै निर्वाचन लड्ने सहमति जनाएपछि एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालले महोत्तरीमा पनि गठबन्धन प्रक्रियालाई अगाडि बढाएका हुन् ।

जिल्लामा संगठनिक संरचनाको हिसावले राप्रपा नेपाल निक्कै पछाडि छ ।अघिल्लो निर्वाचनमा उक्त पार्टीले जलेश्वर नगरपालिका-१० मा विजयी हासिल गरेको थियो ।

राप्रपा नेपाल महोत्तरीका अध्यक्ष यनिखर गौतमका अनुसार महोत्तरीका विभिन्न पालिकामा गरी २८ वटा वडाहरूमा संगठनिक संरचना बलियो छ ।

जिल्लाको बल्वा नगरपालिकाअन्तर्गत वडा ५ र ६, पिपराको वडा ५ र ६, जलेश्वर नगरपालिकाको वडा १०, बर्दिबास नगरपालिकाको ४,५, १२,१३ र १४, गौशाला नगरपालिकाको वडा १ र ७, सम्सी गाउँपालिकाको वडा १ र ३, मनरासिस्वाको ३, ६ र ७, मटीहानीको वडा २ र ३, एकडाराको वडा ३ र ५, रामगोपालपुरको वडा ५ र ६, लोहारपट्टीको वडा ४ र ५, सोनामाको वडा २ र ५ मा संगठनिक संरचना बलियो भएको राप्रपा नेपाल महोत्तरीले जनाएको छ ।

बलियो भएका वडाहरूमध्ये १४ वटा वडाहरूमा आफ्नो भागमा हुनुपर्ने राप्रपा नेपालले दाबी गर्दै आएको छ । अघिल्लो निर्वाचनमा जलेश्वर नगरपालिका वडा न।१४ जितेको तत्कालीन राप्रपाले अहिले राप्रपा नेपालले भने जलेश्वरमा उपमेयरको नै दाबी रहेको बताएको छ ।