अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बिना निष्कर्ष टुंगियो सत्ता गठबन्धनको बैठक, भोलि फेरि बस्ने

बिना निष्कर्ष टुंगियो सत्ता गठबन्धनको बैठक, भोलि फेरि बस्ने


काठमाडौं – स्थानीय तहको निर्वाचनमा नगरपालिका र गाउँपालिकामा भागबण्डा गर्न बसेको सत्ता गठबन्धनको स्थानीय तह निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठक आज बिना निष्कर्ष टुंगिएको छ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा समितिको बैठक बसेको थियो। स्थानीय तहमा तालमेल गरेर गठबन्धन बारे छलफल भएपनि कुनै निष्कर्ष भने निस्किएन । आइतबार बिहान बालुवाटारमै गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो।

बैठकमा महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा भोलि (सोमबार) सम्म टुंग्याउने सहमति भएको थियो। बैठकले महानगर र उपमहानगर बाहेकका स्थानीय तहको तालमेलको सन्दर्भमा प्रारुप बनाउन समितिलाई जिम्मा दिने निर्णय गरेको थियो ।