सिन्धुपाल्चोक – नेकपा एमाले जुगल गाउँपालिकाले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार हुने आंकाक्षा देखाएकामध्ये अध्यक्षमा चार जनाको नाम सिफारिस गरेको छ ।
पालिकाले युवा नेता जेपी सिलवाल वर्तमान अध्यक्ष होम नारायण श्रेष्ठ, दिलकुमार लामा र बर्तमन उपाध्यक्ष सिर्जना तामाङलाई जिल्लामा सिफारिस गरेको हो ।
जुगल पालिका कमिटीले सकेसम्म सर्वसम्मत रुपमा नै लैजाने कोसिस गरिरहेको पालिका कमिटीका अध्यक्ष छिरिङ लामाले बताउनु भयो । पालिकाको ७ वटा वडामध्ये ६ नम्बर वडा बाहेक सबै वडामा सर्वसम्मति चयन भैसकेको लामाले बताउनु भयो ।
वडा नम्बर १ मा रेसम सिलवाल, २ नम्बरमा चन्द्र कार्की लामा, ३ मा लक्ष्मण दोङ, ४ मा प्रेम तामाङ, ५ मा रवीन्द्र घिमिरे र ७ मा छिरिङ लामालाई सर्वसम्मत चयन गरेको हो ।
त्यस्तै ६ नम्बर वडामा पनि नन्दे श्रेष्ठ र माइला लामा आकाङ्क्षी हुन् । सकभर सर्वसम्मतिबाटै टुङ्गो लगाउने तयारी रहेको लामाले बताउनु भयो ।







प्रतिक्रिया