अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको चुनावी दौडाहा जारी,आज २८ औं जिल्ला सोलुखुम्बू जाँदै

अध्यक्ष ओलीको चुनावी दौडाहा जारी,आज २८ औं जिल्ला सोलुखुम्बू जाँदै


काठमाडौं -कर्णालीको हिमाली जिल्ला हुम्ला पुगेको भोलीपल्ट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रदेश नं १ को हिमाली जिल्ला सोलुखुम्बु जाँदै हुनुहुन्छ ।
नेकपा एमाले सोलुखुम्बुले आयोजना गरेको बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली त्यसतर्फ जान लाग्नुभएको हो । नेकपा एमाले सोलुखुम्बुका अध्यक्ष डुफकुमार बाँस्तोलाका अनुसार अध्यक्ष ओलीले कांग्रेस महाधिवेशन प्रतिनिधि आङकाजी शेर्पाको नेतृत्वमा कांग्रेसका सयौँ नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउनुहुने कार्यक्रम छ ।

स्थानीय चुनावको घोषणा भएलगत्तै एमाले अध्यक्ष ओली जिल्ला जिल्लामा पुग्नुभएको छ । अहिलेसम्म उहाँले २७ भन्दा बढी जिल्लाको जनसभामा सहभागी भइसक्नु भएको छ । तराई,पहाडदेखि हिमाली जिल्लामा ओली पुग्दा विशाल र ए‍ेतिहासिक जनसागर उर्लिने क्रम जारी छ ।