अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता गठबन्धनमा सिट बाँडफाँटकाे सकस, आज बालुवाटारमा बैठक

सत्ता गठबन्धनमा सिट बाँडफाँटकाे सकस, आज बालुवाटारमा बैठक


काठमाडौं- स्थानीय तहको निर्वाचन आउन २५ दिन बाँकी छ। निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनका लागि छुट्याएको छ। मनोनयन दर्ता गर्न ६ दिनमात्र बाँकी रहँदा सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिका सहितका स्थानीय तहमा उम्मेदवार त परै जाओस् सिटकाे भागवण्डा पनि मिलाउन सकेकाे छैन।

सत्ता गठबन्धनमा रहेका दलबीचमात्र तालमेल गर्ने निर्णय भए पनि सिटकाे भागबण्डा नै टुंगिएकाे छैन। नेकपा माओवादी केन्द्रले एक महानगर र चार उपमहानगरपालिकामा दाबी गरेको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले ६ वटा महानगर र ११ वटा उपमहानगरपालिमा आआफ्नै अडान कायम राखेका छन्।

भागवण्डा टुंग्याउन साेमबार बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक बस्दैछ। समितिका सदस्य तथा जनमोर्चा नेता हिमाल पुरीका अनुसार आज बस्ने बैठकबाट सिटको बाँडफाँटबारे निर्णय हुनसक्नेछ।

माओवादी केन्द्रले भरतपुर महानगरपालिकासँगै धरान, जितपुर सिमरा, हेटौंडा र घोराही उपमहानगरपालिकामा दाबी गरेको छ । एकीकृत समाजवादीले पोखरा महानगरमा दाबी गरेको छ। बैठक आइतबार पनि बसेकाे थियाे।