अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले : क्व्होलासोथार अध्यक्षकाे उम्मेदवारमा गुरुङ सिफारिस

एमाले : क्व्होलासोथार अध्यक्षकाे उम्मेदवारमा गुरुङ सिफारिस


लमजुङ- नेकपा (एमाले)ले लमजुङको क्व्होलासोथार गाउँपालिका अध्यक्षकाे उम्मेदवारमा सूर्यप्रसाद गुरुङलाई सिफारिस गरेकाे छ ।

एमाले जिल्ला सदस्य रहेका गुरुङलाई गाउँ कमिटीले एकल उम्मेदवारमा सिफारिस गरेकाे हाे ।

यसअघि उनी गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका प्रमुख स्वकीय सचिवसमेत थिए ।

उपाध्यक्षमा केशकुमारी गुरुङ, गमीमाया गुरुङ, सूचना गुरुङ र गोविन्दकुमारी गुरुङलाई माथिल्लाे कमिटीमा सिफारिस गरिएकाे छ ।

नाै वटा रहेको क्व्होलासोथारमा एमालेले सात वटा वडाध्यक्ष उम्मेदवार सर्वसम्मत सिफारिस गरेकाे छ । तर, वडा नम्बर १ मा पाँच जना र ९ मा दुई जनाले दाबी गरेका छन् ।