धनगढी – नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले धनगढी उपमहानगरपालिका प्रमुख र उपप्रमुखमा आफ्नो उम्मेदवार सिफारिस गरेको छ ।
पाँच दलीय गठबन्धनको बैठकबाट स्थानीय तहमा भागबण्डाको टुङ्गो नलाग्दै दुई पार्टीले आफ्ना आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेका हुन् ।
नेकपा माओवादीको धनगढी नगर कमिटीले उपमहानगरपालिकाको प्रमुखमा शान्ति अधिकारीलाई उम्मेदवार बनाउन जिल्ला समन्वय समिति र प्रदेश कमिटीलाई सिफारिस गरेको छ भने उपप्रमुखमा कृष्णप्रसाद चौधरी, सुरज खाती र बलबहादुर ऐरको नाम सिफारिस नगर प्रमुखका उम्मेदवार अधिकारी २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपप्रमुखमा पराजित हुनुभएको थियो । यता, नेकपा एकीकृत समाजवादीले धनगढी उपमहानगर प्रमुखको उम्मेदवारका रुपमा मदनराज रेग्मी र लोकेन्द्र बानियाँ तथा उपमेयरमा रोजी बस्नेतको नाम सिफारिस गरेको छ । नगर प्रमुखको उम्मेदवारका रुपमा सिफारिस रेग्मी पार्टीको धनगढी उपमहानगर कमिटी अध्यक्ष हुनुहुन्छ भने बानियाँ प्रदेश कमिटी सदस्य हुनुहुन्छ ।
नेकपा एकीकृत समाजवादी पार्टीले १९ वटा वडामा उम्मेदवारी घोषणा गरी चुनावमा होमिने निर्णयसमेत गरेको छ । ‘वडाध्यक्षको सवालमा वडाबाट आएका सिफारिसका आधारमा जिल्ला किमटीले टुङ्ग्याउने छ भने वडा सदस्यको हकमा नगर कमिटीले उम्मेदवार चयन गर्ने नगर कमिटी अध्यक्ष मदन रेग्मीले बताउनुभयो ।
प्रतिक्रिया