बिर्तामोड- नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले आर्थिक अभावका कारण उपचार गर्न नसकेर साङ्लोमा बाँधेर राखिएका युवाको हल्दिवारीबाट एक युवाको उद्धार गर्नुभएको छ । साङ्लोमा बाँधेर राखिएका युवाको आज विहान प्रसाईले उद्धार गर्नुभएक ेहो । उद्धार गरिएका युवाको सम्पूर्ण उपचार खर्च आफू कार्यकरी निर्देशक रहेको विएण्डसी अस्पताल विर्तामेडले व्यहोर्ने प्रसाईको भनाई छ ।
उपचार गर्न नसकेपछि हल्दिबारी गाउँपालिका – ५ बस्ने चन्द्रप्रसाद ढकालले आफ्नो २३ वर्षीय छोरा गङ्गाप्रसादलाई साङ्लोले बाँधेर राखनुभएको थियो । गाउँपालिकाको कार्यालय अगाडि चन्द्रले छोरालाई साङ्गोलमा बाँधेर राखेपनि गाउँपालिकाले चासो नदिएको उनीहरुको गुनासो थियो । उपचार खर्च जुटाउन नसक्दा छोरालाई बाँधेर राखेको चन्द्रप्रसादको भनाई छ ।
हल्दिवारी गाउँपालिकाले बनाई दिएको घरमा बस्दै आएका गंगाप्रसाद गत पुसदेखि मानसिक अवस्था बिग्रिएर थला परेका थिए । छोराको उपचार खर्च जुटाउन नसकेको उनका बुबा चन्द्र प्रसादले दुखेसो गर्नुभएके छ । गाउँपालिकाको गेट नै अगाडि यस्तो अवस्था हुँदा समेत कसैको ध्यान गएको थिएन ।
केन्द्रीय सदस्य प्रसाईंले राजनीतिक नेताहरुले केवल भाषण मात्र होइन समाजमा दुख अफ्ठयारामा पनि साथ दिनुपर्ने बताउनुभयो । उहाँले राजनीतिक रुपमा स्थासपित हुनका लागि समाजसेवाका यस्ता काममा एमालेका सबै नेता कार्यकर्ता लाग्नुपर्ने बताउनुभएको छ ।
प्रतिक्रिया