दाङ – माओवादी केन्द्र दाङका इन्चार्ज जीवन गौतमले पार्टी छाड्नु भएको छ । पार्टीभित्र चरम गुटबन्दी र गैरकम्युनिष्ट चरित्र देखिएको भन्दै गौतमले पार्टीको केन्द्रीय सदस्यदेखि सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिनु भएको छ ।
आज घोराहीमा पत्रकार सम्मेलन गर्दै उहाँले राजीनामा दिएको घोषणा गर्नु भएको हो । उहाँ घोराही उपमहानगरपालिका मेयरका दाबेदार हुनुहुन्थ्यो । तर, गठबन्धन दलबीच घोराही उपमहानगर कांग्रेसको भागमा पर्ने भएपछि उहाँले माओवादी त्याग्नु भएको हो ।







प्रतिक्रिया