सोलखुम्बु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले चुनाव सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाउनु भएको छ ।
आज सोलुखुम्बुमा भएको कार्यक्रममा ओलीले भन्नुभयो, ‘अहिले पनि सत्तारुढ गठबन्धन चुनाव सार्न बालुवाटारमा बैठक बस्दै छ, चुनाव सार्ने षड्यन्त्र भइरहेको छ ।’
अध्यक्ष ओलीले चुनाव सार्ने षड्यन्त्र नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई चेतावनी पनि दिनु भयो । उहाँले भन्नुभयो, ‘मैले यसअघि पनि प्रधानमन्त्रीज्यूलाई भनिसकेको छु, आज पनि भन्छु, चुनाव सार्ने चेष्टा नगर्नुहोस् ।’
अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनबाट देशलाई जोगाउनु आफ्नो कर्तव्य भएको र आफू त्यसैतर्फ लागिरहेको बताउनु भयो ।







प्रतिक्रिया