अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विप्लवलाई अध्यक्ष ओलीको प्रस्तावः सूर्य चिह्नबाट चुनाव लड्नुस्, गठबन्धनको मतियार नबन्नुस्

विप्लवलाई अध्यक्ष ओलीको प्रस्तावः सूर्य चिह्नबाट चुनाव लड्नुस्, गठबन्धनको मतियार नबन्नुस्


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विप्लवलाई सूर्य चिह्नबाट चुनाव लड्न प्रस्ताव गर्दै चुनाव सार्ने गठबन्धनको मतियार नबन्न आग्रह गर्नु भएको छ ।

आज नेकपा एमाले सोलुखुम्बुले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सूर्य चिह्नबाट चुनाव लड्न विप्लवसँग प्रस्ताव गर्नु भएको हो ।

अध्यक्ष ‌ओली भन्नुहुन्छ, ‘चुनाव सुन्नेबित्तिकै गठबन्धनको सातो जान्छ । गठबन्धनले चुनाव मिति घोषणा गर्न चाहेका थिएनन् । अहिले पनि सार्ने षड्यन्त्र गरिरहेका छन् । चल्ला पार्छ कि पार्दैन बेग्लै कुरा हो, अण्डा उफारिरहेका छन् । चुनाव सार्न विप्लवलाई अगाडि सारेका छन्, विप्लवलाई मैले खुला राजनीतिमा ल्याएको हो । पार्टी दर्ता गर्ने बेलामा कहाँ जानु भएको थियो र अहिले गठबन्धनको मतियार र हतियार बन्न मिल्छ ?’ ।

अध्यक्ष ओलीले कुनै राजनीतिक झुण्डका लागि चुनाव रोक्न नमिल्ने बताउनु भयो । ‘विप्लवका लागि होइन विप्लवलाई हतियार बनाएर, माध्यम बनाएर चुनाव सार्ने षड्यन्त्र भइरहेको छ । यदि तपाईंलाई पार्टी भएन भन्ने हो भने सूर्यबाटै लड्नुस्, कार्यकर्ता तपाईंकै हुने छन्,’ ओलीले भन्नुभयो ।