सोलुखुम्बु – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ‘बालुवाटारमा ओथारो बसेको गठबन्धनले फुल पार्न नसक्ने’ बताउनुभएको छ ।
सोलुखुम्बुको चुनावीसभा एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्रीको निवास बालुवाटारमा भागबन्डाको निम्ति सत्तागठबन्धनको बैठक बसिरहेको उल्लेख गर्दै बालुवाटारमा ओथारो बसेका गठबन्धनले फुल पार्न नसक्ने बताउनुभएको हो ।
अध्यक्ष ओलीले भन्नुभयो– ‘एमालेविरुद्ध बालुवाटारमा ओथारो बसिरहेका छन् भन्ने सुन्दै छु, तर फुल पार्न सकेका छैनन् भन्ने सुन्छु ।’ एमालेसँग डराएर सत्तागठबन्धन चुनावबाट भाग्न खोजेको आरोप लगाउँदै उहाँले सबै दलसँग एमाले एक्लै भिड्न तयार रहेको समेत बताउनुभयो ।
कार्यक्रममा अध्यक्ष ओलीले सञ्चारउद्यमी आङकाजी शेर्पालाई नेकपा एमालेमा प्रवेश गराउनुभएको थियो।







प्रतिक्रिया