अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकार निर्वाचनसँग डराइरहेको छ : अध्यक्ष ओली

सरकार निर्वाचनसँग डराइरहेको छ : अध्यक्ष ओली


सोलुखम्बु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र पाँच दलिय गठबन्धन निर्वाचनसँग डराएको बताउनु भएको छ ।

आज सोलुखुम्बुको सल्लेरीमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार र गठबन्धनले चुनाव गराउन नचाहेको बताउनु भएको हो ।

अध्यक्ष ओली भन्नुहुन्छ, ‘सरकार निर्वाचनसँग डराइरहेको छ। आफू पराजय हुने निश्चित भएपछि विप्लवलाई अघि सारेर चुनाव सार्न खोजेको छ ।’

अध्यक्ष ओलीले वर्तमान गठबन्धन अपवित्र रहेको भन्दै कांग्रेस भिजन र सिद्धान्त नभएको पार्टी भएको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो, ‘प्रचण्डकै कारण नेकपा फुट्यो। सकिन लागेको प्रचण्डलाई ५३ सिटमा पुर्‍यायौं। तर, प्रचण्ड विशालु सर्प रहेछन्।’