अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनको बैठक चलिरहँदा अमेरिकी राजदूत बालुवाटारमा

गठबन्धनको बैठक चलिरहँदा अमेरिकी राजदूत बालुवाटारमा


काठमाडौं – चुनावी तालमेल मिलाउन सत्ता गठबन्धनको बैठक बसिरहेका बेला नेपालका लागि अमेरिकी राजदूत र्‍याडी बेरी प्रधानमन्त्री निवास बालुवाटार छिर्नु भएको छ ।

बैठक चलिरहँदा राजदूतको झण्डावाल गाडी बालुवाटारस्थित प्रधानमन्त्रीको भेटघाट कक्षतर्फ गएको हो । यद्यपि, अनौपचारिक भेटघाट भएकाले गाडीको झण्डा भने छोपिएको छ ।

बालुवाटारनिकट स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न अमेरिकी राजदूत बेरी बालुवाटार गएका हुन् । उहाँहरूबीचको भेट पूर्व निर्धारित रहेको स्रोतको दाबी छ ।