अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माधव नेपाल कम्युनिष्ट आन्दोलन विरोधी हुन्ः अध्यक्ष ओली

माधव नेपाल कम्युनिष्ट आन्दोलन विरोधी हुन्ः अध्यक्ष ओली


सोलुखुम्बु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल कम्युनिष्ट विरोधी भएको दाबी गर्नु भएको छ ।

सोलुखुम्बुमा आज आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनका क्रममा अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘माधव नेपाले हिजो मात्रै भाषण गरेर नेपाली कांग्रेसलाई धम्क्याउनु भएको छ। एमाले कमजोर बनाउने, सिद्धयाउनेलाई हेप्ने भनेर गठबन्धन छाड्छु भन्दै धम्क्याउनु भएछ । यो चुनावसम्म माधव नेपालको तेल रहन्छ । माधव नेपाल कम्युनिष्ट विरोधी हुन्। बलियो पार्टी देख्न नसक्ने रहेछन्। उहाँलाई महासचिव बनाएर हामीले १५ वर्ष काँधमा बोकेर हिँड्यौँ। तर २४० स्थानमा चुनाव लड्दा माधव नेपालले एमालेलाई ३३ ठाउँमा झारेर ध्वस्त बनाउनु भयो ।’

माधव नेपालले पार्टी सक्न लागेपछि महासचिवबाट उहाँलाई हटाएको पनि ओलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘पार्टी बलियो बनेपछि माधव नेपाललाई निद्रा लाग्न छाड्यो, छटपटी भयो अनि पार्टी फुटाएर कांग्रेसका पछि लुरुलुरु हिँडेका छन् । माधव नेपाल जस्ता अपराधी मान्छेलाई अब आउँछु भने पनि ठाउँ हुने छैन।’